हाइड्रोपावरको बाँध भत्किँदा लाओसमा सयौँ बेपत्ता

हाइड्रोपावरको बाँध भत्किँदा लाओसमा सयौँ बेपत्ता

बैंकक, ९ साउन । दक्षिणपूर्व लाओसमा निर्माणाधीन एउटा हाइड्रोपावरको बाँध भत्किँदा सयौँ बेपत्ता भएका छन्। घटनामा परी मृत्यु हुनेहरूको संख्या यकिन हुन नसकेको अधिकारीहरूलाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यमले जनाएका छन्।

अत्यधिक वर्षासँगै आएको बाढी पहिरोका कारण बाँधको पर्खाल भत्कीएको निर्माणकर्ताहरूले जानकारी दिएका छन्। सो बाँधबाट कम्तीमा ६ वटा गाँउका बासिन्दालाई प्रभाव पारेको अधिकारीहरूले मंगलबार बताएका छन्।

सोमबार बेलुका कम्बोडियाको सीमा क्षेत्रमा पर्ने ठाउँमा भएको घटनाका कारण ६ हजार ६ सय जना स्थानीय बासिन्दा घरबारविहीन भएको पनि समाचारमा जनाइएको छ। रासस/एएफपी