बुढानीलकण्ठको बैठकबाट कोही आत्तिनु पर्दैन: माधव नेपाल

बुढानीलकण्ठको बैठकबाट कोही आत्तिनु पर्दैन: माधव नेपाल

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले अहिलेको सत्ता गठबन्धनबाट बाहिर नजाने बताएका छन् । उनले विपक्षी गठबन्धनको बैठकमा सहभागी भएपनि अहिलेको सत्ता गठबन्धनबाट बाहिर जाने कुनै योजना नभएको बताए ।

उनले मधेश प्रदेशमा पनि केन्द्रीय सत्ता गठबन्धन अनुसार नै अगाडि बढ्ने प्रष्ट पारे । आइतबार पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले मधेस प्रदेश सरकारले २३ गतेभित्र विश्वासको मत लिनुपर्ने भएकाले त्यसबारे छलफल भइरहेको बताए।

‘एउटा बैठकको आयोजना भएको हो, हामी महत्त्वपूर्ण घटक भएको कारणले हामीसँग पनि छलफल भएको हो,’ अध्यक्ष नेपालले भने, ‘सबैले नेताहरूसँग सम्पर्क गर्न पाउँछन्, अनर्गल रुपमा कसैले आत्तिन पर्ने अवस्था छैन।’

साथै, उनले प्रधानमन्त्री प्रचण्डले विपक्षी गठबन्धनसँग फाइनल कमिटमेन्ट नगर्न आग्रह गरेको पनि सुनाए।