टिसीयलले ल्यायो “Go Big, Go TCL” योजना

टिसीयलले ल्यायो “Go Big, Go TCL” योजना

काठमाडाैं । टिसीयलले टि ट्वान्टी विश्व कप २०२४ लाई लक्षित गर्दै “Go Big, Go TCL” नामक नयाँ योजना नेपाली बजारमा सार्वजनिक गरेको छ । यो अभियान अन्तर्गत ग्राहकहरूले टिसीयलको टिभी खरिदमा रू १६३,३०० सम्मको क्यासब्याक साथै प्रिमियम नेपाली जर्सी प्राप्त गर्न सक्नेछन् ।

टिसीयलले ३२ इन्चदेखि नेपालको सबैभन्दा ठूलो ९८ इन्चसम्मको टिभी बजारमा उपलब्ध गराउँदै आएको छ । ग्लोबल नम्बर वान गूगल टिभीको रूपमा सम्मानित सो ब्रान्डले किफायती दाममा उत्कृष्ट पिक्चर क्वालिटी दिदै आएको सो ब्रान्डले प्रत्येक नेपाली घरको आवश्यकता अनुसार टेलिभिजनहरु उपभोक्ता समू ल्याउन सफल भएको छ । थप रूपमा, टिसीयलले ग्राहकहरूलाई उनीहरूको सपनाको टिभी घरमा ल्याउन सजिलो बनाउन सीजी लोयल्टी क्लब मार्फत नो कस्ट ईएमआई, एक्सचेन्ज अफरहरू र विशेष पुरस्कारहरू जस्ता आकर्षक अफरहरु प्रदान गरेको छ ।

टिसीयलको ९८-इन्च टिभीको 4K रिजोल्युसन र HDR सपोर्ट जस्ता क्षमताहरूसँग उत्कृष्ट पिक्चर क्वालिटीको अनुभव प्रदान गर्दछ। यसको ठुलो डिस्प्लेको सहेताले दर्शकहरूले आफ्नो घरमै बसी स्टेडीयमको अनुभव महसुस गर्न सक्नुहुन्छ ।

टिसीएलको बारेमा:
टिसीयल उपभोक्ता इलेक्ट्रोनिक्समा एक अग्रणी ब्रान्ड हो र यो उत्कृष्ट उत्पादनहरुको लागी संसारभरी प्रख्यात छ । उच्च गुणस्तरीय, अत्याधुनिक प्रविधि प्रदान गर्नमा केन्द्रित भई टिसीयल ले हामीले टेक्नोलोजी दुनियामा नविन परिवर्तन ल्याउदै आएको छ । नेपालमा टिसीएलका घरायसी उपकरणहरु चौधरी ग्रूप अन्तर्गत इ. ए. ओल. प्रा. लि.ले बिक्रि वितरण गर्दै आइरहेको छ ।