

काठमाडौं, ८ साउन । राष्ट्रिय जनता पार्टी ९राजपा०ले तीन हत्या अभियोगमा फरार अभियुक्त अभिराम शर्मालाई प्रदेश २ को राज्यमन्त्री बनाउन मुख्यमन्त्री लालबाबु राउतसमक्ष सिफारिस गरेको छ । यो खबर आजको कान्तिपुर दैनिकबाट लिएका हौं ।
राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले उनलाई सामाजिक विकास राज्यमन्त्री नियुक्त गर्न सोमबार सिफारिस गरेका हुन् ।
मधेस आन्दोलनका बेला जलेश्वरमा घाईते भएका हवल्दार थमन विकलाई उपचार गराउन प्रहरीले लैजाँदै गर्दा बाटोमै रोकी एम्बुलेन्सबाट थुतेर हत्या गर्ने काममा शर्माको संलग्ना पुष्टि भएको भन्दै अदालतले उनलाई पक्राउ गर्न प्रहरीलाई आदेश गरेको थियो ।