अब पैसामा केरमेट गरे जेल !

अब पैसामा केरमेट गरे जेल !

काठमाडौं, ८ साउन । नेपाल राष्ट्र बैंकले नोटमा कोर्न नपाउने व्यवस्था ल्याउन लागेको छ । राष्ट्र बैंकले भदौ १ गतेदेखि लागु हुने गरी यस्तो व्यवस्था लागू गर्न लागेको हो ।

कुनै पनि व्यक्तिले मुद्रा च्यात्न, जलाउन, गाल्न वा केर्न गरे वा गराउने व्यक्तिलाई ३ महिनासम्मकैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुनेछ । नयाँँ व्यवस्थाअनुसार कोही कसैले पनि नोटमा कोर्न वा सिक्का नगाल्न वा नबिगार्न नेपाल राष्ट्र बैंकले सूचना जारी गर्ने तयारी समेत गरेको छ ।

अब घरमा, पसलमा, वा बैंकमा कसैले पनि नोटमा केरेको देखेमा सिक्का वा बिगार्न लागेको देखेमा तत्काल प्रहरीमा खबर गर्न सक्ने गरी सूचना जारी गर्न सकिने राष्ट्र बैंक उच्च स्रोतले बताएको छ । यो खबर लोकान्तरबाट लिएका हौं ।