काठमाडौँ, ७ साउन । लगातार ओरालो लाग्दै आएको शेयर बजार आज दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२।८४ बिन्दुले बढेर एक हजार १९४ बिन्दुमा पुगेको छ ।
यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २।४६ बिन्दुले बढेर २५१।३२ बिन्दुमा पुगेको छ ।
आज कूल १५७ कम्पनीको छ लाख ५८ हजार २९२ कित्ता शेयर रु १८ करोड ६५ लाख २६ हजार ५३५ मूल्यमा खरिद बिक्री भएको छ । नेप्से परिसूचक बढे पनि कारोवार रकममा कमी आएको छ । आइतबार रु २१ करोड १२ लाख १३ हजार ८२८ मूल्यमा खरिद बिक्री भएको थियो ।
स्टकका अनुसार बैंकिङ ८।०६, होटल शून्य, विकास बैंक १५।८८, जलविद्युत् १९।०१, वित्त १।८, निर्जीवन बीमा १३३।५१, उत्पादन १०।९१, अन्य ९।६३, माइक्रोफाइनान्स ३५।४५ र बीमा ५४।८६ बिन्दुले बढेको छ ।