सरकार सहकारी ठगलाई जोगाउन उद्धत भयो : कांग्रेस

सरकार सहकारी ठगलाई जोगाउन उद्धत भयो : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले वर्तमान सरकार सहकारी ठगहरुलाई जोगाउनको लागि उद्धत रहेको टिप्पणी गरेका छन् ।

नयाँ बानेश्वरस्थित् संसद् भवनको ल्होत्से हलमा बसेको संसदीय दलको आकस्मिक बैठकको निर्णय सुनाउने क्रममा पार्टीले यस्तो निश्कर्ष निकालेको लेखकले बताएका छन् ।उनले भने,‘हाम्रो संसदीय दलको बैठकले सरकार सहकारीका केही ठगहरूलाई जोगाउन संसदीय मूल्य मान्यता, परम्परा र लोकतान्त्रिक मर्मलाई कमजोर पार्न उद्धत भएको निष्कर्ष निकालेको छ ।’

यस्तै, बैठकले सभामुख देवराज घिमिरेको भूमकापनि संसदीय मूल्य र मान्यताविपरित भएको निष्कर्ष निकालेको छ ।