

काठमाडौँ, ६ साउन । नेपाल तरुण दलले अाज दिउँसो १ बजे ७७ वटै जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शन गर्ने भएको छ। हिजाे आफ्ना नेता–कार्यकर्तामाथि गरेको प्रहरी दमन र ओली सरकारको अधिनायकवादी शैलीका विरुद्ध आन्दोलन गर्ने निर्णय गरेको हाे ।
हिजाे शान्तिपूर्ण प्रदर्शनमा निर्मम दमन गरेर सरकारले ओकतन्त्रमाथि नै प्रहार गरेको तरुन दलले जनाएको छ । आफना माग राख्न पाउने नागरिकको अधिकारलाई कुण्ठित गर्ने ओली सरकारको रवैयाविरुद्ध नागरिकका समस्या राख्न नझुक्ने पनि तरुण दलले बताएकाे छ ।