देशको विकास नेपाली काँग्रेसले मात्र गर्छ: मन्त्री फरमुल्लाह मंसुर

देशको विकास नेपाली काँग्रेसले मात्र गर्छ: मन्त्री फरमुल्लाह मंसुर

कलैया ।  श्रम तथा रोजगार मन्त्री एवम बारा क्षेत्र नं. ३ को प्रतिनिधि सभाका उम्मेदवार फरमुल्लाह मंसुरले नेपाली काँग्रेसले मात्र देशको विकास गर्ने पार्टी रहेको बताएका छन ।  कलैया उपमहानगरपालिकाको २७ सिस्वा महेशपुरमा पार्टी प्रवेश तथा घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मंसुरले लोकतन्त्रको रक्षा, देशको विकासको लागि नेपाली काँग्रेसलाई जनताहरुले विजयी गराउने बताए ।

काँग्रेस नै त्यस्तो एक मात्र पार्टी हो जसले हिमाल, पहाड, तराईका मधेशी, मुस्लिम, थारु, जनजाति, राई, लिम्बु, दलित, पिछडिएकावर्गहरुको भावनालाई समेटेर मुलुकलाई अगाडि बढाएको छ । मुलुकलाई आर्थिक स्मृद्धि तर्फ नेपाली काँग्रेसले नै लग्नेछ, मन्त्री मंसुरले भन्नुभयो मुलुकको भलो चाहेको छ भने त्यो मात्र नेपाली काँग्रेस हो ।

 नेपाली काँग्रेसकै नेतृत्वमा नया संविधान आएको र मुलुकको आर्थिक उन्नति तर्फ नेपाली काँग्रेस नै लग्ने छ, त्यसको लागि नेपाली काँग्रेसलाई नै विजयी बनाउन आम मतदाताहरुको अहिलेको आवश्यकता रहेको र नेपाली काँग्रेसलाई विजयी बनाउने मन्त्री मंसुरले विश्वास व्यक्त गर्नुभयो । श्रम तथा रोजगार मन्त्री एवम प्रतिनिधि सभा क्षेत्र नं. ३ का उम्मेदवार फरमुल्लाह मंसुर र ३ को १ का उम्मेदवार रामानन्द यादवले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन ।

संघीय समाजवादी फोरम नेपाल परित्याग गरी साढे चार सय जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन । क्लैया उपमहानगरपालिका २७ सिस्वा महेशपुरका स्थानीय फोरम नेपालका नेता अजिज मिया अंसारीको नेतृत्वमा चार सय ५० जना भन्दा बढी नेपाली काँग्रेसमा प्रवेश गरेका छन । फोरम नेपाल परित्याग गरी दिलमहमद मिया अंसारी, अच्छेलाल साह लहेरा, देवनारायण साह लहेरा, आसमहमद अंसारी, श्री गोंसाई, रामएकवाल चौधरी, गफुर मिया अंसारी, नेकमहमद मिया अंसारी लगायत चार सय ५० जना भन्दा बढी नेता, कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन । नव प्रवेशीहरुलाई श्रम तथा रोजगार मन्त्री एवम बारा क्षेत्र नं. ३ को प्रतिनिधि सभाका उम्मेदवार फरमुल्लाह मंसुर, क्षेत्र नं. ३ को १ का प्रदेश सभाका उम्मेदवार रामानन्द यादवले माला, टिका लगाई स्वागत गरेका थिए ।