डडेल्धुरामा गठबन्धनलाई धक्का, माओवादी पोलिटब्यूरो सदस्य काँग्रेसमा प्रवेश

डडेल्धुरामा  गठबन्धनलाई धक्का,  माओवादी पोलिटब्यूरो सदस्य काँग्रेसमा प्रवेश

काठमाडौं । डडेल्धुरामा कम्युनिष्ट गठबन्धनमाथि ठूलो धक्का परेको छ । आईतबार डडेल्धुरामा आयोजित एक कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा प्रस्तावित समानुपातिक उम्मेदवार जगत पार्कीसहितको टोली काँग्रेसमा प्रवेश गरेपछि गठबन्धनमाथि धक्का परेको हो ।

उनीसँगै नेकपा माओबादी केन्द्रका पूर्व जिल्ला ईन्चार्ज जनक कलौनी सहित ७ सय ७६ जना नेता कार्यकर्ताले आलितालमा आयोजित आम सभाबाट नेपाली काँग्रेसमा प्रवेश गरेका हुन । उनीहरु काँग्रेसमा प्रवेश गरेसँगै आलितालमा दुई हजार मत काँग्रेसको पक्षमा थप हुने विश्वास गरिएको छ ।

डडेल्धुरा नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवाको गृह जिल्ला हो । यही जिल्लाबाट देउवाले २०४८ सालदेखि अहिलेसम्म चुनाव जित्दै आएका छन् । यस पटकपनि देउवाको पक्षमा व्यापक जनलहर देखिएको भएपनि यो पार्टी प्रवेशसँगै देउवाको जीत अझ सहज बनेको छ । उनीहरुसँगै असन्तुष्ट पूर्व नगर सभाापति तारी सिंह बोहरा पनि समर्थक सहित काँग्रेसमा फिर्ता भएपछि अझ सभापति देउवाको जीत सहज बनेको हो ।