शिक्षण अस्पतालका निर्देशक महराद्वारा राजीनामा

शिक्षण अस्पतालका निर्देशक महराद्वारा राजीनामा

काठमाडौं, ४ साउन । त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्जका निर्देशक प्रा. डा. दीपक महराले राजीनामा दिनुभएको छ । महराले चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम) का डीन डा. जगदीशप्रसाद अग्रवालसमक्ष आफ्नो राजीनामा बुझाउनु भएको हो ।

आफ्नो चारबर्षे कार्यकाल सक्नुभएका महरालाई त्रिवि कार्यकारी परिषद्ले भने अर्को व्यवस्था नभएसम्म भन्दै उहाँको पदावधी तीन महिनाका लागि थप गरेको थियो । तर महराले सो अवधि नसकिदैं आफ्नो राजिनामा बुझाउनुभएको हो ।