

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्तासाझेदार दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार करिब दुई घण्टा भेटवार्ता भएको हो ।भेटवार्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले समसामयिक राजनीतिक विषयमा छलफल गरिएको बताए । संसद्को बजेट अधिवेशन बोलाउने विषय संसद् र सरकार सम्बन्धित भएको उनले उल्लेख गरे । “संसद्को अधिवेशन छिट्टै बोलाउनुहोला, यो सरकारको मामिला हो । संसद्को मामिला हो,” उनले भने, “प्रधानमन्त्रीसँग समसामयिक राजनीति आदि विषयमा छलफल भयो ।”
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बिहान करिब ११ः४० बजे पुगेका ओली भेटवार्ता सकाएर दिउँसो १ः५३ बजे बाहिरिएका थिए ।