अनशनरत डा. केसीका सबै माग पूरा हुनुपर्छः सभापति देउवा

अनशनरत डा. केसीका सबै माग पूरा हुनुपर्छः सभापति देउवा

काठमाडौं, ४ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिकित्सा क्षेत्रको सुधारको माग राख्दै २१ दिनदेखि अनशन बसिरहनुभएका डा. गोविन्द केसीलाई भेटर आन्दोलनप्रति एेक्यबद्धता जनाउनु भएको छ ।

आज शिक्षण अस्पताल महाराजगञ्ज पुगेर प्रमुख प्रतिपक्षी दल कांग्रैसका नेता देउवाले केसीले उठाएका माग सरकारले पूरा गर्नै पर्ने बताउनुभएको छ । जीवन रक्षाका लागि पनि वरिष्ठ चिकित्सक केसीका मागलाई सम्बोधन गर्न ढिलाइ नगर्न देउवाले सरकारसँग आग्रह गर्नुभयो । जुम्लामा अनशन बसेका केसीलाई सरकारले हिजो काठमाडौं ल्याएको थियो । आज अपरान्ह महाराजगंजस्थित शिक्षण अस्पताल पुगेर स्वास्थ्य अवस्था बुझेपछि उहाँले केसीका माग जायज रहेकाले त्यसमा आफूहरुको साथ रहने बताउनुभयो ।

सभापति देउवाले संचारकर्मीहरुमाझ तत्कालीन एमालेसहितको सहमतिमा आफू नेतृत्वको सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश जस्ताकोतस्तै नआए मान्य नहुने चेतावनी दिनुभयो ।