

काठमाडौं, ४ साउन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले चिकित्सा शिक्षा सुधारका लागि अनशनरत डा. गोविन्द केसीका माग जायज रहेको बताउनु भएको छ ।नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले केसीका माग सम्बोधन गर्न नसकिने सार्वजनिक अभिव्यक्ति दिईरहेका बेला अर्का अध्यक्ष दाहालले डा. केसीका मा जायज भएको बताउनु भएको हो ।
‘डा. केसीले उठाएका माग जायज छन् तर, यी विषय वैज्ञानिक ढंगले समाधान गर्नुपर्छ ।’ दाहाललाई उद्धृत गर्दै उहाँका प्रेस सहयोगी विष्णु सापकोटाले भन्नुभयो ।
माग जायज भए पनि मुलुकमा सांसद भएकाले त्यहाँबाट टुंग्याउनुपर्ने विषयलाई चुनौती दिन भने नहुने दाहालको भनाई छ । यो खबर आजको नागरिक दैनिकबाट लिएका हौं ।