मिस्टर एण्ड मिस नेशनलको फाइनल बुधबार, बहुप्रतिभाशाली अब्बल निमिता भिड्दै

मिस्टर एण्ड मिस नेशनलको फाइनल बुधबार, बहुप्रतिभाशाली अब्बल निमिता भिड्दै

काठमाडौं । सानोर्भी इन्टरनेशनलले आयोजना गरेको मिस्टर एण्ड मिस नेशनलमा अछामेली चेली निमिता रेग्मीले बाजी मार्न सक्ने आंकलन गरिएको छ । नेपालभरबाट १९ जना बीच बुधबार फाइनल राउन्ड हुदैछ । प्रज्ञा प्रतिष्ठान काठमाडौंमा हुन लागेको उक्त फाइनल राउन्डमा बहुप्रतिभाकी धनि निमिताको सम्भावना अब्बल देखिएको प्रतिस्पर्धीहरुले बताएका छन् । फाइनल राउन्डमा १९ जना बीच भोटमा भइरहेको प्रतिस्पर्धामा देश बिदेशमा रहेका नेपालीले भोट गरेर सहयोग गर्न सक्ने आयोजकले जनाएको छ ।

देशमा हुनेले खल्ती एप्लिकेसनको इन्टरटेनमेन्ट भित्र गएर भोटिङमा गएर भोट गर्न सकिने आयोजकले बताएको छ । बिदेशमा बस्नेहरुले सोएस्ली डटकममा गएर भोट गर्न सक्नेछन् । खल्ती एप्लिकेसन र सोएसी डटकमको १६ नम्बरमा भोट गर्न सकिने बताइएकाे छ ।