बझाङ प्रदेशसभामा एमालेका दमन भण्डारी विजयी

बझाङ प्रदेशसभामा एमालेका दमन भण्डारी विजयी

बझाङ । बझाङ प्रदेशसभा ‘क’मा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन् । नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै भण्डारी विजयी भएका हुन् । भण्डारीले ११६१२ मत ल्याएर विजयी हुँदा कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ११३४६ मत मात्र प्राप्त गरे। नेकपा माओवादी केन्द्रका जनक बुढाले ३८३१ मत ल्याए भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले २५१४ मत ल्याएका छन् ।

मत गणना सकिए पनि निर्वाचन आयोगले मत परिणाम औपचारिक रुपमा सार्वजनिक गरेको छैन । उम्मेदवारले मुचुल्कामा हस्ताक्षर गरिसकेपछि औपचारिक रूपमा अन्तिम मत परिणाम घोषणा गरिने प्रमुख निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताए ।