नीलबाराहीमा स्कूल बस दुुर्घटना हुँदा ५८ विद्यार्थी घाइते

नीलबाराहीमा स्कूल बस दुुर्घटना हुँदा ५८ विद्यार्थी घाइते

काठमाडौँ । मध्यपुरथिमिको नीलबाराहीमा स्कूल बस दुर्घटनामा परेकाे छ ।  दुर्घटना हुँदा ५८ विद्यार्थी घाइते भएका छन् । काठमाडौँको मूलपानीस्थित क्रिश्चियन कम्युनिटी स्कूलबाट विद्यार्थी लिएर भक्तपुरको थिमितर्फ गुडिरहेकाे बा २ क ९२५० नं को स्कूल बस आज अपराह्न ५ बजेतिर दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाइतेमध्ये ४१ जनाको मध्यपुर अस्पताल र १७ जनाको गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचार भइरहेको छ ।

महानगरीय प्रहरी वृत्त थिमीका प्रहरी नायब उपरीक्षक मनोज केसीका अनुसार घाइतेमध्ये गम्भीर पाँच जनाको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको छ ।