अपडेट बझाङ उपनिर्वाचन : कांग्रेसको अग्रता कायम, दोस्रोमा एमाले

अपडेट बझाङ उपनिर्वाचन : कांग्रेसको अग्रता कायम, दोस्रोमा एमाले

काठमाडौं । बझाङ उपनिर्वाचनमा नेपाली कांग्रेस अगाडि छ । प्रदेशसभा निर्वाचन क्षेत्र १ (१) को लागि भएको उपनिर्वाचनको मतगणनाअनुसार कांग्रेसले अग्रता बनाएको हो । कांग्रेस उमेदवार अभिषेकबहादुर सिंहले ८ हजार २२७ मत पाएका छन् । दोस्रो स्थानमा रहेका नेकपा एमाले उमेदवार दमनबहादुर भण्डारीले ७ हजार ९७४ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका जनक बुढाले ३ हजार ३३ मत प्राप्त गरेका छन् ।