मत परिणाम अपडेट : इलाम २ मा एमालेका सुहाङकाे अग्रता कायमै

मत परिणाम अपडेट : इलाम २ मा एमालेका सुहाङकाे अग्रता कायमै

इलाम । इलाम-२ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ २ हजार ६ सय १८ मतले अग्रता लिएका छन्। पछिल्लो मत परिणामअनुसार नेम्वाङले ८ हजार ८ सय ९८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बर खड्काले ६ हजार २८० मत ल्याएका छन्।

स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ४ हजार ६३४ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले १ हजार ३०५ मत पाएका छन्। हालसम्म २१,८१० मत गनिएकाे छ, जसमध्ये २६१ मत बदर भएकाे छ।