

काठमाडौँ, ३ साउन । जुम्ला सदरमुकामस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनदेखि अनशनरत डा. केसीलाई हेलिकोप्टरबाट आज काठमाडौँ ल्याइएको छ ।

डा. केसीलाई नेपाली सेनाको हेलिकोप्टरबाट साँझ ६ः४५ मा काठमाडौँ ल्याइएको हो । टुँडिखेलमा अवतरण गराइएलगत्तै डा. केसीलाई एम्बुलेन्समार्फत त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ । शिक्षण अस्पतालमा भेला भएका समर्थक तथा शुभचिन्तकले हात उठाएर अभिवादन गरेका थिए ।
अहिले डा. केसीलाई त्रिवि शिक्षण अस्पतालको नाक, कान घाँटी कक्षमा राखिएको छ । डा. केसीलाई काठमाडौँ ल्याउन खोज्दा कर्णाली प्रतिष्ठान अस्पतालभित्र झडप हुँदा एक प्रहरी गम्भीर घाइते हुनाका साथै १० भन्दा बढी घाइते भएका छन् ।