

काठमाडौं, ३ साउन । अनन्तश्री विभूसित ‘शंकराचार्य’ हेमानन्द गिरीको अभिनन्दन कार्यक्रम सम्पन्न भयो । नेपाल व्यापार संघले आयोजना गरेको कार्यक्रममा बनारस वल्र्ड हिन्दू फेडेरेसनका अन्तर्राष्ट्रिय अध्यक्ष अजय सिंह हुनुहुन्थ्यो भने विशेष व्यक्तित्व अनन्तश्री विभूसित हेमानन्द गिरी हुनुहुन्थ्यो ।

कार्यक्रममा नेपाली महिला ‘शंकराचार्य’ जस्तो गरिमामय पदमा सम्मानित हुनु राष्ट्रकै गर्वको विषय भएको सहभागी अतिथिहरुको भनाई थियो । त्यसैगरी अनन्तश्री विभूसित हेमानन्द गिरीले आफु नेपाली महिला भएकोमा गर्व लागेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘नेपाललाई हिन्दुराष्ट्र बनाउनका लागि मैले सक्दो प्रयास गर्नेछु ।’
कार्यक्रममा नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्रीद्धय अर्जुननरसिंह केसी र गगन थापा विशेष अतिथिका रुपमा सहभागी हुनुहुन्थ्यो । त्यसैगरी राप्रपा नेपालका महामन्त्री एवम् प्रतिनिधि सभाका सांसद राजेन्द्र लिंग्देल लगायतका विशिष्ठ व्यक्तित्वहरुको उपस्थिति रहेको कार्यक्रमको सभापतित्व नेपाल व्यापार संघका अध्यक्ष कुमार कार्कीले गर्नुभएको थियो ।
