चर्कियो आन्दोलन, आज सम्पूूर्ण स्वास्थ्य संस्था बन्द

चर्कियो आन्दोलन, आज सम्पूूर्ण स्वास्थ्य संस्था बन्द

काठमाडौं, ३ साउन । नेपाल चिकित्सक संघले प्रा.डा.गोविन्द केसीको जीवन रक्षाको माग गर्दै आज देशभरका सरकारी तथा नीजि स्वास्थ्य संस्थाका आकस्मिक बाहेक सबै सेवा बन्द गर्ने भएको छ ।
संघले हिजो पत्रकार सम्मेलन गरी आज सरकारी र निजी शिक्षण अस्पतालसहित नर्सिङहोम, क्लिनिक लगायतका सम्पूूर्ण स्वास्थ्यसंस्थामा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरु बन्द गरी दिउसो १२ बजे माइतिघर मण्डलामा भेला गरिने जनाएको छ ।यति गर्दा पनि सरकार संवेदनशील नभए आकस्मिकबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा अनिश्चितकालसम्म बन्द गरिने संघको दाबी छ ।

असार १६ गतेदेखि जुम्लामा अनसनरत डा. केसीको जीवन रक्षाका निम्ति प्रधानमन्त्री, शिक्षामन्त्री, स्वास्थ्य मन्त्रीसहित दलका शीर्षस्थ नेतासँग अपिल गर्दा समेत सरकारले नटेरेको संघले बताएको छ ।