मुग्लिन सडक पहिरोका कारण अवरुद्ध

मुग्लिन सडक पहिरोका कारण अवरुद्ध

चितवन, ३ साउन । वर्षा लागेसंगै पटक–पटक पहिरोका कारण अवरुद्ध भइरहेको नारायणगढ—मुग्लिन सडक खण्डको टोपे खोलामा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा आज बिहान ५ बजे पहिरो खसेको छ ।
पहिरो पन्छाउन पाँचदेखि आठ घण्टा लाग्ने प्रहरीले जनाएको छ । सडक निर्माणका क्रममा विभिन्न ठाउँमा भित्तो काटिएका कारण ठाउँठाउँमा पहिरो खस्ने गरेको छ ।