रुकुम जीप दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ७ पुग्यो, ४ जना घाइते

रुकुम जीप दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ७ पुग्यो, ४ जना घाइते

रुकुम पुर्वको सिस्ने गाँउपालिका वडा नम्बर ५ मा जिप दुर्घटना भएको छ । जिप दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन् । रुकुमकोटबाट धौलापैरा जाँदै गरेको लु १ ज २५७३ नम्बरको दुर्घटना भएको हो ।

मृत्यु हुनेमा पुथा उत्तरगंगा गाउँपालिका–१ मैकोटका ३१ वर्षीय बुद्धिराज पुन, ३५ वर्षीय कुमार पुन, २२ वर्षीय किरण पुन, वडा नं १२ का २८ वर्षीया तिर्सना तुलाचन, वडा नं १४ का ३० वर्षीया छालना बर्मा, भूमे गाउँपालिका–४ का २८ वर्षीय अर्जुन विक र बाँके कोहलपुरका २२ वर्षीया ललिता परियार रहेका छन् ।

दुर्घटनामा परी रुकुम पश्चिम मुसिकोट नगरपालिका–१२ का ५२ वर्षीय जयवीर कामी, पुथा उत्तरगंगा गाउँपालिका–११ का २५ वर्षीया प्रमिला बुढामगर, मैकोटका २७ वर्षीय धनिराम पुन र २७ वर्षीया सम्झना पुनमगर घाइते भएको नेपाल समाचारपत्रकर्मी धनवीर दाहालले जानकारी दिएका छन् ।
घाइतेलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ लगिएको छ । जिप सडकबाट करिब १०० मिटर तल खसेको छ । चिप्लो बाटो र इञ्जिनको खराबीका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।