२७ वर्षीया सांसद खानले लिइन् पद तथा गोपनीयताको शपथ

२७ वर्षीया सांसद खानले लिइन् पद तथा गोपनीयताको शपथ

काठमाडौं। जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट समानुपातिक सांसद बनेकी हसिना खानले प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

खानलाई सभामुख देवराज घिमिरेले शुक्रबार सिंहदरबारमा प्रतिनिधिसभा सदस्यको शपथ गराएका हुन् ।जसपाले सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त स्थानमा बाँकेकी २७ वर्षीया खानको नाम सिफारिस गरेको थियो । शर्माको चैत ४ गते निधन भएको थियो ।

जसपाबाट समानुपातिक सांसद बनेकी शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा मञ्जु सांसद मनोनीत भएकी थिइन् ।