महालेखापरीक्षक पदमा संसदीय समितिबाट अनुमोदन भए तोयम राया

महालेखापरीक्षक पदमा संसदीय समितिबाट अनुमोदन भए तोयम राया

काठमाडौं । संसदीय सुनुवाई समितिले महालेखापरीक्षक पदका लागि प्रस्तावित तोयम राया अनुमोदन गरेको छ।

मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले उनीविरूद्ध परेका उजुरीमाथि छानविन गरी रायालाई सो पदका लागि सर्वसम्मतिले अनुमोदन गरेको हो।संवैधानिक परिषदबाट प्रस्‍तावित रायालाई योग्यता, क्षमता र अनुभव समेतको आधारमा महालेखापरीक्षक पदका लागि उपयुक्त देखिएकाले उनको नाम समितिले अनुमोदन गरेको समितिका ज्येष्ठ सदस्य (सभापति) पशुपति समशेर जबराले जानकारी दिए।

महालेखापरीक्षक पदमा नियुक्तिका लागि सिफारिस गरी गत चैत १८ गते समितिमा पत्र प्राप्त भएको थियो।संसदीय सुनुवाई समितिको चैत १९ गतेको बैंकको निर्णयअनुसार महालेखापरीक्षक पदका लागि प्रस्तावित व्यक्ति उपर उजुरी दिन १० दिनको अवधि राखेर सूचना प्रकाशन गरिएको थियो।

संवैधानिक परिषदको गत चैत २८ गते बसेको बैठकले राष्ट्रिय तथ्यांक कार्यालयका सचिव रायालाई महालेखापरीक्षक पदका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।