जिल्लाका सरकारी कार्यालय खारेज (हेर्नुहोस् कुन-कुन परे खारेजीमा ?)

जिल्लाका सरकारी कार्यालय खारेज (हेर्नुहोस् कुन-कुन परे खारेजीमा ?)

काठमाडौं, १ साउन । जिल्लाका रहेका विभिन्न सरकारी कार्यालयहरु साउन १ देखि खारेज भएका छन् । सरकारले खारेज गरेका जिल्ला कार्यालयहरुमा जिल्ला शिक्षा कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशुसेवा कार्यालय, जिल्ला प्राविधिक कार्यालय र जिल्ला वन कार्यालय रहेका छन् ।
त्यसैगरी जिल्ला बाल कल्याण समिति, शान्ति समिति, जिल्ला सहकारी कार्यालय, भू–संरक्षण कार्यालय, घरेलु तथा साना उद्योग, महिला तथा बालबालिका कार्यालय, जिल्ला वन कार्यालय, जिल्ला अस्पताल, जिल्ला सिँचाइ कार्यालय, जिल्ला खानेपानी कार्यालय, सहरी विकास डिभिजन कार्यालय र जिल्ला खेलकुद विकास समिति सरकारले खारेज गरेको छ ।

तर, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला हुलाक कार्यालय, जिल्ला कारागार कार्यालय, जिल्ला सरकारी वकिलको कार्यालय, जिल्ला कोष तथा लेखा नियन्त्रण कार्यालय, जिल्ला समन्वय समिति, जिल्ला अदालत, जिल्ला निर्वाचन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय भने जिल्लामा रहने छन् ।