काठमाडौं । इंग्ल्याण्डलाई हराउँदै बेल्जियम विश्वकप फुटबलमा तेस्रो बनेको छ । शनिबार भएको खेलमा बेल्जियमले इंग्ल्याण्डलाई २–० गोल अन्तरले हराएको हो । यसअघि सन् १९८६ को विश्वकपमा बेल्जियम चौथो भएको थियो । इंग्ल्याण्ड भने फेरि एक पटक चौथो भयो । सन् १९६६ को विश्व विजेता इंग्ल्याण्डले सन् १९९० को विश्वकपमा पनि इटलीबिरुद्ध तेस्रो स्थानको प्लेअफ खेलेको थियो । त्यतिबेला पनि उसले २-१ गोलको पराजय ब्यहोरेको थियो ।
सेमिफाइनलमा पराजित दुई टोलीबीच रुसको सेन्ट पिटर्सवर्ग रंगशालामा सम्पन्न खेलमा बेल्जियम २-० गोलले विजयी भयो । बेल्जियमले पहिलो र दोस्रो हाफमा एक एक गोल गरेको छ थियो ।