

रियो दि जिनरियो । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमाले चुनाव लडन पाउने भएका छन् । दक्षिण अफ्रिकाको एक अदालतले पूर्व राष्ट्रपति ज्याकोब जुमालाई चुनाव लड्न प्रतिबन्ध लगाउने यसअघिको निर्णय उल्टाइदिए पछि उनी चुनाव लडन पाउने भएका हुन् ।
अदालतले पहिलेको निर्णयलाई उल्टाउँदै देशमा हुन लागेको आम चुनावमा पदमा उम्मेदवार हुन सक्ने फैसला गरिदिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । निर्वाचन आयोगले यसअघि जुमाको उम्मेदवारीमा आपत्ति जनाउँदै आपराधिक अभिलेखका कारण पदमा उम्मेदवार हुन नसक्ने फैसला गरेको थियो। ‘निर्वाचन आयोगको निर्णय खारेज गरिएको छ,’ अदालतले आफ्नो फैसलामा लेखेको छ ।
सन् १९९४ मा प्रजातन्त्रको आगमनपछि सबैभन्दा प्रतिस्पर्धात्मक मतदान हुने अपेक्षा गरिएको दक्षिण अफ्रिकामा मे २९ मा आम निर्वाचन हुँदैछ । जुन २०२१ मा जुमालाई आफ्नो राष्ट्रपतिको कार्यकालमा गरेको भनिएको आर्थिक भ्रष्टाचारमा बयान दिन अस्वीकार गरेपछि १५ महिनाको जेल सजायसमेत सुनाइएको थियो ।