राजपा संसदीय दलको नेतामा ठाकुर चयन

राजपा संसदीय दलको नेतामा ठाकुर चयन

काठमाडौं, ३० असार । संघिय संसदको तेस्रो ठूलो दल राष्ट्रिय जनता पार्टीले संयोजक महन्थ ठाकुरलाई संसदीय दलका नेता चयन गरेको छ ।

आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले ठाकुर सर्वसहमत नेता चयन भएका हुन् । राजपाबाट प्रतिनिधिसभामा १७ र राष्ट्रियसभामा दुई जना सदस्य छन् ।