नाउपाकी अध्यक्ष श्रेष्ठद्वारा सुदूरपश्चिममा संसदीय दलकाे नेता बर्खास्त

नाउपाकी अध्यक्ष श्रेष्ठद्वारा सुदूरपश्चिममा संसदीय दलकाे नेता बर्खास्त

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम संसदीय दलको नेतालाई बर्खास्त गरेकी छिन्। संसदीय दलका नेता घनश्याम चौधरीलाई बर्खास्त गरेर उनको ठाउँमा कैलाश चौधरीलाई नियुक्त गरेकी छिन्।

पार्टीभित्रको उग्र विवादका कारण उनले घनश्यामलाई संसदीय दलको नेताबाट हटाएकी हुन्। नाउपा अध्यक्ष श्रेष्ठले चैत्र २५ गते सोमबार केन्द्रीय समितिको बैठकको निर्णय उल्लेख गर्दै यसअघि संसदीय दलको नेताका रुपमा घनश्याम चौधरीले कामकाज गर्ने सहमति भएकोमा चौधरीले दलको निर्देशनको पालना नगरेकोले हटाइएको बताएकी छन्।

घनश्यामको ठाउँमा संसदीय दलको नेताको जिम्मेवारी तोक्ने निर्णय गरिएको पत्रमा उल्लेख छ। यसअघि उनले आफ्नै पति एवम् पार्टीका संरक्षक रेशमलाल चौधरी पक्ष रहेको भन्दै सांसद इन्दिरा गिरीलाई पद मुक्त गरेकी थिइन्।