

काठमाडाैँ । संसदीय सुनुवाई विशेष समितिको आज बसेको बैठकले कार्यविधि पारित गरेको छ । संसदीय सुनुवाई विशेष समितिको सिंहदरबारमा बसेको बैठकले उपसमितिले तयार पारेको कार्यविधिलाई सुझावसहित पारित गरेको हो ।समितिले आजदेखि नै प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीको सुनुवाई प्रक्रिया पनि सुरु गरेको छ ।
आज नै सूचना जारी गरेर प्रधानन्यायाधीशमा सिफारिस जोशीको सुनुवाई प्रक्रिया सुरु गरिएको पनि समितिका सदस्य योगेश भट्टराईले जानकारी दिनुभयो । कार्यविधिमा सुनुवाईका लागि सिफारिस गरिएकाहरुलाई समितिको दुई तिहाई बहुमतले खारेज गर्ने व्यवस्था पनि गरिएको समितिका सदस्य भट्टराईले जानकारी दिनुभयो ।
त्यसैगरी सुनुवाई गर्ने क्रममा सिफारिसमा परेकाहरुले जनाएको प्रतिवद्धता अनुसार काम भएरनभएको सम्बन्धित निकायसँग सोधपुछ गर्ने व्यवस्था पनि कार्यविधिमा समावेश गरिएको छ । संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि मात्रै प्रधानन्यायाधिशमा सिफारिस जोशीलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।