कर्णाली प्रदेशसभाको बैठक स्थगित

कर्णाली प्रदेशसभाको बैठक स्थगित

सुर्खेत । कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ । मंगलबार दिउँसो ३ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो । नेकपा माओवादी र एमालेमा विश्वासको मत लिने कि नलिने भन्ने विषयमा सहमति नजुटेको बेला बैठक स्थगित गरिएको छ । आज स्थगित भएको बैठक बुधबार ३ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।