नेपाली राष्ट्रिय टोलीले बरोडासँग खेल्दै

नेपाली राष्ट्रिय टोलीले बरोडासँग खेल्दै

काठमाडौँ । भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले मंगलबार एसएमएस फ्रेन्डसिप कपअन्तर्गत दोस्रो खेल बरोडा क्रिकेट एसोसिएसनसँग खेल्दैछ। एसीसी प्रिमियर कप र टी-२० विश्वकपको तयारीस्वरूप नेपालले गुजरात क्रिकेट एसोसिएसन र बरोडा क्रिकेट एसोसिएसनसँग टी-२० फ्रेन्डसिप कप खेलिरहेको हो।

गुजरातसँगको पहिलो खेलमा नेपाल ८ विकेटले विजयी भएको थियो। गुजरातले दिएको ९९ रनको लक्ष्य नेपालले १५.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो। शुक्रबार बरोडासँग पुनस् खेल्दै नेपालले फ्रेन्डसिप कपअन्तर्गतका समूह चरणका खेल सकाउने छ। समूह चरणमा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् । फाइनल खेल चैत २५ गते हुने छ।