कति कमायो त करिना, तब्बु र कृतिको फिल्म ‘क्रु’ ले ?

कति कमायो त करिना, तब्बु र कृतिको फिल्म ‘क्रु’ ले ?

मुम्बइ । शुक्रबार, मार्च २९ मा भारतीय बक्स अफिसमा बलिउड र हलिउडका दुईवटा फिल्म देखिएका छन् । एकातिर करीना कपूर खान, तब्बु र कृति सेननको फिल्म ‘क्रू’ थिएटरमा प्रवेश गरेको थियो भने अर्कोतर्फ हलिउडको शानदार फिल्म ‘गडजिला एक्स कङः द न्यू एम्पायर’ सबै भाषामा रिलिज गरिएको थियो ।

करीना कपूर खान, तब्बु र कृति सेननको फिल्म ‘क्रू’ को बारेमा कुरा गरौं, जसलाई लिएर दर्शकहरु निकै उत्साहित रहेका थिए । राजेश कृष्णन निर्देशित कमेडी फिल्मले ओपनिङ दिनमै राम्रो प्रतिक्रिया पाएको छ । तीनै सुन्दरीले फिल्ममा आफ्नो अभिनयले दर्शकलाई मोहित पारेका छन् । यसको उदाहरण सामाजिक सञ्जालमा देखिएको छ । दर्शकले सामाजिक सञ्जालमा ‘क्रू’ को निकै प्रशंसा गरिरहेका छन् ।

फिल्म ‘क्रू’को ओपनिङ डेको कमाईको पछिल्लो कलेक्सन सार्वजनिक भएको छ । सैकनिल्कको रिपोर्ट अनुसार करिना, कृति सेनन र तब्बुको फिल्मले ओपनिङ डेमा ८.७५ करोड कमाएको छ । यद्यपि, सप्ताहन्तमा आम्दानीमा वृद्धि हुने अपेक्षा गरिएको छ। ट्रेड एनालिस्ट रोहित जैसवालका अनुसार क्रुले सप्ताहन्तमा सजिलै ३५ करोड रुपैयाँ जम्मा गर्न सक्छ ।