‘लण्डन टु पेरिस’ को दोस्रो पोस्टर सार्वजनिक, आगामी जेठ २५ गते रिलिज हुने

‘लण्डन टु पेरिस’ को दोस्रो पोस्टर सार्वजनिक, आगामी जेठ २५ गते रिलिज हुने

काठमाडौं । ‘लण्डन टु पेरिस’ फिल्मको दोस्रो पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, गरिमा शर्मा र कवीर खड्का फिचर्ड छन्। दुवै जोडी पोस्टरमा रोमान्टिक देखिएका छन्।

घनश्याम लामिछाने निर्देशित यस फिल्ममा यात्राको क्रममा सिर्जना हुने प्रेमकथालाई चित्रण गरिएको छ। फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन्। आगामी जेठ २५ गते फिल्म ‘लण्डन टु पेरिस’ रिलिज हुनेछ। सिनेमाको पहिलो गीत आगामी साता रिलिज गर्ने निर्माण टिमको तयारी छ।

फिल्ममा साम्राज्ञी, कविर, कविर र गरिमाका साथै रुष्मा थापा, मनिश श्रेष्ठ र मनिष गान्धीको प्रमुख भूमिका छ। अमित बस्नेतको निर्माण रहेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माता हुन्। एबी इन्टरनेश्नलको प्रस्तुति रहेको यसै फिल्मबाट गरिमा र कवीरले डेब्यु गर्देछन्। फिल्मको छायाङ्कन नेपालसहित भारतमा गरिएको हो।