इतिहास कोर्दै क्रोएसिया विश्वकपको फाइनलमा, इंग्ल्यान्ड २–१ गोल अन्तरले पराजित

इतिहास कोर्दै क्रोएसिया विश्वकपको फाइनलमा, इंग्ल्यान्ड २–१ गोल अन्तरले पराजित

रुस, २८ असार । फिफा विश्वकप फुटबलको उपाधिकालागि क्रोएशिया र फ्रान्स भिड्ने भएका छन् । गएराति इंङल्याण्डलाई २-१ गोल अन्तरले पराजित गर्दै क्रोएशियाले फ्रान्ससँगको उपाधि भिडन्त पक्का गरेको हो । विश्वकप फुटबलको उपाधिका लागि सन् १९९८ को च्याम्पियन फ्रान्स र क्रोएसियाबीच प्रतिस्पर्धा हुने भएको हाे। विश्वकपको फाइनलमा पहिलो पटक पुगेर इतिहास रचेको क्रोएसियालाई विश्व च्याम्पियन बन्ने स्वर्णिम अवसर मिलेको छ।

फ्रान्सले भने बेल्जियममाथि १-० को जित निकालेर फाइनलमा स्थान पक्का गरेको थियो। फ्रान्स तेस्रो पटक फाइनलमा पुगेको हो। फ्रान्सले १९९८ मा उपाधि जित्दा २००६ मा पनि फाइनलमा स्थान पक्का गरेको थियो। क्रोएसियाले खेलमा पछि परेको अवस्था उल्टाएर रोमाञ्चक जित हात पारेको हो। खेल शुरु भएको पाँचौ मिनेटमा केरियन ट्रिपरले फ्रि कीक मार्फत उत्कृष्ट गोल गर्दै इङल्याण्ड्लाई अग्रता दिलाएका थिए । एक गोलको अग्रता बनाएको इङल्याण्डले डिफेन्स खेल्दा क्रोएशियालाई पहिलो हाफमा बराबरी गर्न असफल भएको थियो ।

खेलको ६८ औं मिनेटमा इभान पेर्सीले उत्कृष्ट गोल गर्दै क्रोएशियालाई बराबरीमा ल्याएका थिए । त्यसपछि दुवै टिमले आक्रामक खेलेपनि क्रोएशिया दोस्रो हाबी भएको थियो । निर्धारित समयमा दुवै टिमले एक एक गोल गरेपछि खेल अतिरिक्त समयमा गएको थियो । इङल्याण्डका गोल किपर जोर्डन पिकफोर्ड क्रोएशियाको प्रहार बचाउ गरेका थिए ।

१०९औं मिनेटमा मारियो मान्जुकेजले नजिकैबाट इङल्याण्डको जाली चुमाएका थिए । उनको गोलनै निर्णायक भयो । अब उपाधिका लागि आगामी आइतबार राति पौने ९ बजे फ्रान्स र क्रोएसियाबीच भिडन्त हुनेछ। शनिबार सेमिफाइनलमा पराजित भएका बेल्जियम र इंग्ल्यान्डबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ।