काठमाडौं /नेपाली कांग्रेसका नेता एंव काठमाडौं क्षेत्र नं. ५ का उम्मेदवार डा. प्रकाशशरण महतले एमाले उम्मेदवार इश्वर पोखरेलले मतदाताहरुलाई अनुचित प्रभावमा पार्न खोजेको आरोप लगाएका छन् । शुक्रबार बुढानिलकण्ठमा महिला भेलालाई सम्बोधन गर्दै डा.महतले पोखरेलले भोटका लागि कोरा सपना बाढेको बताए । महतले भने- “मेरा विपक्षी उम्मेदवारले मतदाताहरुलाई अनेक आश्वासन बाढेर अनुचित प्रभावमा पार्न खोजिरहेका छन् । तर सचेत मतदाता उनको लोभमा फस्ने छैनन् ।” डा. महतले कांग्रेसको बलियो अवस्थाबाट एमाले आत्तिएको बताए ।
आर्थिक सम्बृद्धि, लोकतन्त्रको रक्षा र विकासका लागि कांग्रेसको जित आवश्यक रहेको बताउँदै महतले आफु क्षेत्र नं. ५ को विकासका लागि सर्मपित रहने बताए । कार्यक्रममा प्रदेशका उम्मेदवार रमेश खड्काले आफुहरुले जनताको सेवक भएर काम गर्न तयार भएर उम्मेदवार बनेको बताउँदै कांग्रेसलाई जिताउन आब्हान गरे ।