विश्वकप सेमिफाइनलः क्रोएसिया VS इंग्ल्याण्ड भिडन्त (को पुग्ला फाइनलमा ?)

विश्वकप सेमिफाइनलः क्रोएसिया VS इंग्ल्याण्ड भिडन्त (को पुग्ला फाइनलमा ?)

रुस, २७ असार । रुसमा जारी विश्वकप फुटबलको सेमिफाइनलमा आज राति इंग्ल्याण्ड र क्रोएसिया आमनेसामने हुदैछन् । खेल नेपाली समय अनुसार राति पौने १२ बजे हुनेछ ।

इंग्ल्याण्ड र क्रोएसियाबिचको खेलको विजेताले फाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ । फ्रान्सले हिजाे राति भएको खेलमा बेल्जियमलाई १-० ले हराएर फाइनलमा पुगेकाे हाे ।

क्रोएसिया र इंग्ल्याण्डको कुरा गर्दा यी दुईबिच मुख्य प्रतिस्पर्धामा यसअघि एकपटक भेट भएको छ । सन् २००४ को युरोपकमा समूह चरणमा भएको खेलमा इंग्ल्याण्डले क्रोएसियालाई ४-२ ले हराएको थियो ।

समग्रमा यी दुईबिच अहिलेसम्म सातपटक भेट भएको छ । यसमा इंग्ल्याण्ड चारपटक विजयी भएको छ भने क्रोएसियाले दुईपटक जितेको छ । एकपटक बराबरी भएको छ ।

 सन् १९८२ यता इंग्ल्याण्ड एकै विश्वकपमा अहिलेसम्म दुई युरोपेली टोलीबाट पराजित भएको छैन । त्यतिबेला उसले चेकोस्लोभाकिया र फ्रान्ससँग पराजय ब्यहोरेको थियो ।  इंग्ल्याण्डले जारी विश्वकपमा अहिलेसम्म ११ गोल गरेको छ । जुन, उसले सन् १९६६ मा विश्वकप जित्दा गरेको जति नै हो ।

 मारियो माञ्जुकिचले रुसबिरुद्धको क्वार्टरफाइनलमा आन्द्रेज क्रामारिकको असिस्टमा गोल गरे । उनले जारी विश्वकपमा ३ गोल र १ असिस्ट गरेका छन् । एकै विश्वकपमा धेरै गोलमा संग्लग्नता हुने उनी दोस्रा क्रोएशियाली खेलाडी बनेका छन् । क्रोएशियाले रुसविरुद्धको खेलमा दुवै गोल हेडमार्फत गरेको थियो । त्यसअघि उसले विश्वकपमा गरेको २९ गोलमध्ये एउटा मात्र हेडबाट सम्भव भएको थियो ।