बेल्जियमलाई १-० ले पाखा लगाउँदै फ्रान्स विश्वकपको फाइनलमा

बेल्जियमलाई १-० ले पाखा लगाउँदै फ्रान्स विश्वकपको फाइनलमा

रुस, २७ असार । रुसमा जारी विश्वकप फुटबलको सेमिफाइनलमा बेल्जियमलाई हराउँदै फ्रान्स फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ । डिफेन्डर सामुयल उम्टिटीको दोस्रो हाफको गोल निर्णायक बन्दा फ्रान्सले उपाधिको दाबेदार बेल्जियमलाई १-० ले हरायो ।

सन् १९९८ को विजेता फ्रान्सले सन् २००६ मा पनि फाइनलमा स्थान बनाएको थियो । फ्रान्सलाई जिताउन एकमात्र गोल खेलको ५१ औं मिनेटमा स्यामुअल उमटीटीले गरे । चालु विश्वकपमा एक खेल पनि नहारेको वेल्जियम सेमिफाइनलमा फ्रान्ससँग पराजित हुन पुग्यो । फ्रान्सले अब इंग्ल्याण्ड र क्रोएसियाबीचको विजेतासँग २१औं संस्करणको उपाधिका लागि खेल्नेछ । इंग्ल्याण्ड र क्रोएसियाबीचको सेमिफाइनल आज राती पौने १२ बजे हुदैछ ।