बागलुङ बस दुर्घटना: मृत्यु हुनेको संख्या ९ पुग्यो, २८ घाइते (अपडेट)

बागलुङ बस दुर्घटना: मृत्यु हुनेको संख्या ९ पुग्यो, २८ घाइते (अपडेट)

काठमाडौं । बागलुङमा भएको बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या नौ पुगेको छ । बागलुङको निसीखोलामा गाउँपालिका-६ जाउलेपानीमा मंगलबार साँझ बागमती प्रदेश ०१-००६ ख ३८७९ नम्बरको बस दुर्घटना भएको हो ।

दुर्घटनामा २८ जना घाइते छन् । प्रहरीका अनुसार सात जनाको घटनास्थलमै मृत्यु भएको हो भने दुई जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा दाङका १८ वर्षीय लक्की पुनमगर, पश्चिमरुकुम मुसिकोट-१ का २७ वर्षीया बिनिता केसी, रुकुमपश्चिम मुसिकोट नगरपालिका-२ रातामाटाका सवारी धनी बबिदेल नेपाली, मुसिकोट नगरपालिका-४ सोलाबाङका ३५ वर्षीया टीका केसी, मुसिकोट नगरपालिका-३ साँखकी कल्पना केसी, रोल्पा घर भएका गाडी चालक सुवास गौतम भनिने मानसिंह विक, गोर्खा घर भएकी गीता थापा, ललितपुरका सुजन महर्जन र रुकुमपूर्व सिस्ने गाउँपालिका-५ रुमालबाराका २५ वर्षीय विक्रम परियार रहेका छन् ।