काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधिसभामा सांसदको जवाफ दिने कार्यक्रम छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायतका दलहरुले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री सदनमा उपस्थित हुने भएका हुन् ।
कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको विषयमा प्रधानमन्त्रीको जवाफ मागिरहेको छ । सहकारी प्रकरणमा जोडिएका लामिछानेलाई गृहमन्त्री बनाएर अनुसन्धान प्रभावित पार्न खोजिएको कांग्रेको आरोप छ।
त्यस्तै सदनमा उठेका अन्य विषयमा प्रधानमन्त्रीले जवाफ दिनेछन् । प्रधानमन्त्री प्रचण्ड भने गृहमन्त्री लामिछाने निर्दाेष भएको दावी गर्दै आएका छन् । उनले सहकारी प्रकरणका विषयमा आफूले अनुसन्धान गरिरहेको निकायले लामिछाने निर्दोष रहेको प्रमाण आफूलाई दिएको बताए ।
उनले भने, ‘मैले अनुसन्धान गरिरहेको निकायसँग उनका बारेमा बुझेको छु । लामिछानेको संलग्नता कँहि देखिदैन । उनी निर्दाेष भएको प्रमाण मसँग छ ।’ प्रधानमन्त्री प्रचण्डले सदनमा रविका विषयमा उठेका सवालको विस्तृत जवाफ दिने बताए ।