काठमाडौं, २६ असार । कान्तिपुर मिडिया ग्रुपको प्रकाशन कान्तिपुर दैनिक र दी काठमाण्डू पोष्टका दुवै प्रधानसम्पादकले पदबाट राजीनामा दिएका छन्। कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्मा र दी काठमाण्डू पोस्टका प्रधान सम्पादक अखिलेश उपाध्यायले राजिनामा दिएका हुन्।
देश सञ्चार डट कमका अनुसार कान्तिपुर मिडिया ग्रुपले सम्पादकलाई जनरल म्यानेजरको मातहत राख्ने निर्णय गरेपछि दवै प्रधानसम्पादकले राजिनामा दिएका छन् ।
कान्तिपुर मिडिया ग्रुपका प्रकाशक तथा अध्यक्ष कैलाश सिरोहियाले भारतीय प्रतिष्ठित पत्रिका टाइम्स अफ इन्डियाका रजनिशलाई अध्यक्षपछिको बरियता दिदैँ भित्र्याएपछि प्रधानसम्पादक द्वयले राजीनामा बुझाएको देश सञ्चारले लेखेको छ ।
दुवै पत्रिकाका प्रधानसम्पादकले नियमित सम्पादकीय बैठकमा राजिनामाबारे जानकारी गराएको बुझिएको छ । उनीहरुले ‘व्यक्तिगत कारण’ भन्दै राजिनामा दिएको बैठकलाई बताएका थिए।