विश्वकप फुटबलको सेमिफाइनल आजदेखि, फ्रान्स र बेल्जियम भिड्दै

विश्वकप फुटबलको सेमिफाइनल आजदेखि, फ्रान्स र बेल्जियम भिड्दै

काठमाडौँ, २६ असार । रुसमा जारी २१ औँ संस्करणको फिफा विश्वकप २०१८ को सेमिफाइनल खेल आजदेखि शुरु हुदैँछ । विश्वकपको सेमिफाइनलका खेल आजदेखि सुरु हुँदैछन । पहिलो सेमिफाइनलमा आज बेल्जियम र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । यो खेल विश्वकप फाइनल अघिको फाइनलका रुपमा पनि हेरिएको छ ।

विश्वकपको सेमिफाइनलमा युरोपका चार टोलीले प्रतिष्पर्धा गर्दैछन् ।आज राति हुने पहिलो सेमीफाइनलमा फ्रान्स बेल्जियम भिड्ने छन् । खेल नेपाली समय अनुसार राति पौने १२ बजे शुरुहुने छ ।फ्रान्स र बेल्जियम अहिलेसम्म ७४ पटक एकअर्काविरुद्ध मैदानमा उत्रिएका छन । फ्रान्सले अन्तर्राष्ट्रिय स्तरमा सबैभन्दा धरैपटक खेलेको टिम नै बेल्जियम हो । तर विश्वकपमा भने यी दुई टिम मात्र दुई पटक खेलेका छन ।

जसमा दुबैपटक फ्रान्स विजयी भएको छ । सन् १९८४ को युरोपियन च्याम्पियनसिपमा फ्रान्सले बेज्लियमलाई पाँच शन्यले हराएको थियो । अहिलेसम्मका खेलमा बेल्जियम ३० पटक जितेको छ भने २४ पटक फ्रान्स विजयी भएको छ । विश्वकप प्रतियोगिता अन्तर्गत भोलि राति पौने १२ बजे इङ्ल्याण्ड र क्रोएशिया प्रतिस्पर्धा हुदैछ ।