काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री समेत रहेका प्रतिनिधिसभाका सांसद विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई तपाईँबाट धोखा खाएकाहरू एक ठाउँमा उभिए के हुन्छ, भन्दै प्रश्न गरेका छन्। बुधवार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि बोल्दै आफूहरूले देशको अवस्था बदल्लौ भन्दा प्रचण्डले गठबन्धन बदलेको बताए।
उनले भने,’पोहोर एमाले विपक्षमा रहेको अहिले कांग्रेस विपक्षमा रहेको पालैपालो विपक्षमा रहेकाहरूको हिसाब जोड्दै गर्दा क्लियर हुँदैन र रु पालैपालै विपक्षमा उभिएकाहरू एउटै पक्षमा उभिए भने पनि धोका खाएकाहरू एक हौँ भन्ने नारा लाग्यो भने राजनेताको गद्दीको हालत के होला रु
अहिले मुलुकमा विश्वासको खडेरी छ : शर्मा
कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकको विश्वासको खडेरी रहेको बताए । महामन्त्री शर्माले विश्वास धरापमा रहेको बताए । उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीजी विश्वासको मतका लागि अपिल गर्नुभएको छ । राज्यको नेतृत्वप्रति रोटी, सुरक्षा र विश्वास नागरिकको अपेक्षामा हुन्छ । दुई वटा मात्र भए के भन्दा सुरक्षा र विश्वास राज्यले व्यवस्था गर् यो भने रोटीको प्रबन्ध नागरिकले आफैँले गर्छ । राज्यले केबल विश्वास मात्र दियो भने सुरक्षा र रोटीको व्यवस्था आफैँले गर्छ ।’
उनले देशमा सबैभन्दा धरापमा यही विश्वास रहेको बताए । शर्माले भने, ‘प्रशासनमा गएको नागरिक प्रशासकप्रति विश्वस्त भएर जाँदैन । केही आशङ्का बोकेर जान्छ । अस्पताल जाँदै गरेको नागरिक डाक्डरप्रति विश्वास नगरेर गइरहेको देखिन्छ । नागरिकलाई सबैप्रति विश्वास छैन ।’
विश्वासको खडेरी परेका बेला वर्षमा तीनपटक प्रधानमन्त्रीले विश्वासको मत लिन संसदमा उभिँदा अचम्म लागेको बताए । ‘वर्षमा तीन पटक पाउनुहुन्छ । प्राप्त पनि गर्नुहुन्छ । जबकि यो देशमा सबैभन्दा बढी खडेरी विश्वासको परेको छ,’ उनले भने ।