‘कम्‍युनिष्ट अधिनायकवाद देखियो, न्‍यायको घाँटी रेटियो’ : नेवि संघ

‘कम्‍युनिष्ट अधिनायकवाद देखियो, न्‍यायको घाँटी रेटियो’ : नेवि संघ

काठमाडौं, २५ असार । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले माइतीघर मण्डलासहितका ठाउँमा प्रदर्शन गर्न नपाउने गरी लागू गरेको निषेधाज्ञाको विरोधमा नेपाल विद्यार्थी संघले आज पनि प्रदर्शन गरेका छन्।

बढ्दो महङ्गी, भ्रष्टाचार काङ्ग्रेस सरकारले पठाएको चिकिस्ता विधेयक लागु गर्नु पर्ने लगायतका कुरालाई लिएर विद्यार्थीहरु आक्रोसित भई विरोध प्रदर्शन गरेका हुन् ।
आफ्ना मागहरु सरकारले पुरा गर भन्दै विद्यार्थीहरु विरोध प्रदर्शनमा जुटेका हुन् । विद्यार्थीहरुले सर्वसत्तावाद मुर्दावाद भन्दै विभिन्न मागहरुको पम्पेलेट तयार गरि विरोधमा उत्रिएका हुन् । विरोध प्रदर्शनको क्रममा प्रहरीहरुले छेक्न खोज्दा समेत विद्यार्थीहरु हटेका थिएनन् ।

प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको छ। प्रदर्शनकारीले डा. केसीको समर्थन, निषेधाज्ञाको विरोध तथा असहमति राख्न पाउने अधिकारीको पक्षमा नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

प्रदर्शनकारीले कम्‍युनिष्ट अधिनायकवाद देखियो, न्‍यायको घाँटी रेटियो, कांग्रेस सरकारले ल्याएको चिकित्सा विधेयक लागू गर, सर्वसत्तावाद मूर्दावाद लगायतका नारा लगाएका थिए।