कांग्रेस कोटामा नियुक्त ३ प्रदेश प्रमुख बर्खास्त, नयाँ नियुक्ति गर्न राष्ट्रपतिसमक्ष सिफारिस

कांग्रेस कोटामा नियुक्त ३ प्रदेश प्रमुख बर्खास्त, नयाँ नियुक्ति गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । सरकारले गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख पदमुक्त गरेको छ ।यसअघि कांग्रेस-माओवादी गठबन्धन हुँदा कांग्रेसको कोटामा नियुक्त भएका प्रदेश प्रमुखलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले पदमुक्त गर्ने निर्णय गरेको हो ।

गण्डकीमा पृथ्वीमान सिंह गुरुङ, मधेशमा हरिशंकर मिश्र र सुदूरपश्चिममा देवराज जोशी प्रदेश प्रमुख थिए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले भनिन्,‘गण्डकी प्रदेश, मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको छ । रिक्त हुने प्रदेश प्रमुखका पदहरुमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्नको निम्ति मधेस प्रदेशको लागि सुमित्रा भण्डारी, गण्डकी प्रदेशको लागि डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशको लागि नजिर मियाँलाई मनोनयनको निम्ति राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको छ ।’