काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिन नेपाली कांग्रेसले आफ्ना सांसदलाई ह्विप जारी गरेको छ । प्रधानमन्त्री प्रचण्डले ३० फागुनमा विश्वासको मत लिन लागेका छन् । उक्त दिन अनिवार्य उपस्थित हुन र विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेसले ह्विप जारी गरेको हो ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सोमबार सूचना जारी गर्दै विपक्षमा उभिन निर्देशन जारी गरेका हुन् । कांग्रेस सम्मिलित गठबन्धन तोडेर प्रधानमन्त्री प्रचण्डले २१ फागुन नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी र एकीकृत समाजवादी सहितको नयाँ गठबन्धन बनाएका थिए ।