साप्ताहिक राशिफल: असार २५ गतेदेखि ३० गतेसम्म

साप्ताहिक राशिफल: असार २५ गतेदेखि ३० गतेसम्म

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आफ्नै राशिको चन्द्रमाका साथमा प्रारम्भ भएको यो साता तपाईंका लागि लाभकारी रहने छ, आत्मनिर्णयको क्षमतामा बृद्धि हुनेछ । सन्तति र भाइबहिनीका पक्षबाट सन्तोष मिल्नेछ । व्यवसायिक क्षेत्र लाभप्रद छ । भौतिक साधनको जोहो हुनाका साथै मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने छ । प्राविधिक काममा विशेष सफलता प्राप्त हुनाले आत्मसन्तुष्टि प्राप्त हुनेछ । आभूषण, श्रृंगार, साजसज्जा, फेसनडिजाइन र सञ्चार क्षेत्रका व्यवसायीले राम्रो लाभ प्राप्त गर्नेछन् । पारिवारिक वातावरणमा सन्तोषजनक रहने छ । पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ । तर आगामी शनिवारका दिन घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ । सामाजिक मर्यादामा आँच आउने सम्भावना छ । सचेत भई दिन बिताउनु पर्ने छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आर्थिक पक्ष असन्तुलित रहने साता भएकाले संयम र धैर्य हुने समय छ । प्रारम्भमा पारिवारिक वातावरण अनुकूल हुने छैन । मानसिक एवं बौद्धिक क्षमता कमी आउने छ । नजिकैका व्यक्तिबाट अपमान वा अपजस सहनु पर्ने हुनसक्छ । आर्थिक लगानी गर्नु भर पर्दो देखिन्न । सामान हराउने सम्भावना पनि छ । तर सोमबारपछि साताको अन्त्यसम्म अनुकूल समय रहने छ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । नयाँ काममा हात हाल्ने समय छ । बन्दव्यापारमा प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन होला । व्यवसायिक क्षेत्र सफल रहने छ, आम्दानीमा कमी आउने छैन । दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउने छन् । राजनैतिक चासो पनि बढ्नेछ । तीर्थव्रत तथा देवालयको भ्रमण हुन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मिश्रित प्रभाव भएको समय छ । सामान्यतया यो साता मनमा दोधारको अवस्था हुनसक्छ । यद्यपि यो साता आत्मबल बढ्ने छ । मातापिता र अभिभावक वर्गसँगको सम्बन्ध सुमधुर रहने छ । समाजसेवाका कामबाट लाभ हुनेछ । सुखसुविधा र विलासिताका साथमा समय बित्नेछ । सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । परिवारमा ठूलो जमघट वा धार्मिक सामाजिक कार्य सम्पन्न हुनेछ । विशिष्ट व्यक्तिले विचारको कदर गर्नेछन्, महत्वपूर्ण कार्य सम्पन्न हुने मौका छ । तर सोमबारदेखि बुधबारसम्म आर्थिक पक्ष कमजोर बन्नेछ, खर्चमा नियन्त्रण गर्नुपर्छ । यस अवधिमा अनावश्यक यात्राबाट जोगिनुपर्छ । कल्पना र भावनामा केन्द्रित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कामका माध्यमबाट प्रसिद्धि कमाउने समय छ । हाकिम वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । जग्गाजमिनको कारोबार गर्दा असल हुने सङ्केत छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । पछाडि कुरा काट्ने शत्रु आफैं पराजित हुनेछन् । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ । सद्भाव र प्रेममा उच्च सफलता प्राप्त हुने योग छ । पुराना इष्टमित्र र प्रेमीप्रेमिकाको मिलन हुने समय हो । आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ, यस अवधिमा सुरु गरिएको क्रियाकलापले दीर्घकालिक फाइदा पुग्नेछ । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ । तर बुधवारदेखि शुक्रवारसम्म समाजमा तपाईंका कुरा काट्नेको कमी हुने छैन । आकस्मिक यात्राको हुनसक्छ, तर सोचेजस्तो प्रतिफल प्राप्त हुनेछैन । यस अवधिमा मनमा विरक्तिको भाव बहन सक्छ, बौद्धिक र प्राज्ञिक क्षमताको उपयोग हुन सक्दैन ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

लामो दूरीको आकस्मिक यात्राको सम्भावना देखिन्छ, पुराना साथीभाइसित अचानक भेटघाट हुने र आकस्मिक लाभ मिल्ने समय छ । कर्मसिद्धिको समय छ । सामूहिक नेतृत्व सम्हाल्ने मौका मिल्नेछ । व्यापारमा लाभ हुनेछ । समाजमा प्रतिभाको कदर हुनेछ । व्यापारमा प्रशस्त फाइदा हुनेछ । काममा मातापिताको सहयोग प्राप्त होला । मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । तर आगामी शनिवारका दिन आकस्मिक रूपमा धनहानिको सम्भावना देखिन्छ, सट्टापट्टा वा जुवाजन्य क्रियाकलापमा धननाश हुनसक्छ । व्यवहारिक खर्चको मात्रा बढ्नेछ । मनमा निराशा र विरक्तिभाव जाग्नसक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

यो साता दुर्घटनाजन्य जोखिम भएको साता छ, त्यसैले बाटो काट्दा र सवारी चलाउँदा विशेष सतर्क रहनु राम्रो हुन्छ । आइतवारका दिन गतिलो छैन, तर साताका बाँकी समय शुभ नै देखिन्छन् । सोमबारपछि मान्यजन र अभिभावक वर्गको सहयोगमा रोकिएका काम सम्पादन गर्न सघाउ पुग्नेछ । घरमा परपाहुना र अतिथिको आगमन हुनसक्छ । नयाँ ठाउँमा धन लगानी गर्ने वातावरण बन्नेछ । कुनै लाभदायक समाचार सुन्न पाइएला । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । तपाईंका सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । आर्थिक रूपमा सबल हुनुहुनेछ, कारोबारमा गतिशीलता आउने छ र व्यवसायबाट लाभ हुनेछ । मायाप्रेमका लागि समय जुट्ने छ । पठनपाठनमा प्रगति हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

मिश्रित प्रभाव भएको समय रहने छ । आइतवारका दिन जीवनसाथी वा विपरीतलिंगी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्नका लागि राम्रो छ । घरमा माङ्गलिक कृत्य सम्पादन गर्ने समयसमेत छ । अध्ययन, अध्यापन र लेखनमा खास अभिरुचि हुनेछैन । उता साताको अन्त्यमा कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने राम्रो हुन्छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । प्राविधिक काममा विशेष सफलता प्राप्त हुने छ साथै आत्मसन्तुष्टि प्राप्त हुनेछ । यो समय विशेष महत्वको समय हुनेछ । मातापिता र अभिभावकवर्गको आशीर्वादले काम गर्न सक्छ । तर सोमबारदेखि बुधवारसम्म अनुकूल समय रहने देखिंदैन । शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । गर्नु नपर्ने काम बढी समय लगाएर गर्नु पर्ला । प्रतिकूल समयले घेरेको छ । दाजुभाइका क्रियाकलापबाट असन्तुष्टि बढ्ने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

त्यति अनुकूल साता छैन । अध्ययन, अध्यापन र लेखनको कार्यमा खासै तत्परता देखिँदैन । आफन्तले समेत कुरा सुन्न र समय दिन सक्दैनन् । मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने सम्भावना छ । खासगरी बुधबारदेखि शुक्रवारसम्म प्रत्येक काममा बाधाअडचन आउने र ढिलो गरी कार्यसम्पादन हुने समय छ । सवारी साधन हाँक्दा सचेतता अपनाउनु बेस हुनेछ । स्वास्थ्यमा समस्या हुनसक्छ । यद्यपि यो साता सुखसुविधा र मनोरञ्जनमा भुलिने समय छ । धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नु पर्ने समय पनि हो, जसबाट प्रशंसा र शुभ कुराको सङ्केत प्राप्त हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । रसरङ्गको चाहना पूर्ण हुने योग आएको छ । दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ । बालबच्चाबाट पनि सुखसन्तोष प्राप्त हुनेछ । मेवामिष्ठान्न आदि खान पाइने साता छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

व्यवसायिक क्षेत्रबाट राम्रो लाभ लिन सकिने साता छ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाउनु हुनेछ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । साथीहरूसित मनोरञ्जन गर्ने अवसर जुर्नेछ । सोमबारदेखि बुधवारसम्म रिसराग र आवेगमा नियन्त्रण गर्नु पर्नेछ । परिवारमा पनि वैचारिक मतभेद देखापर्ने सम्भावना छ । बोलीमा संयमता अपनाउनु होला, आफूले भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । जीवनसँगीसित ठाकठुक पर्न सक्छ । आम्दानीका मार्ग अवरुद्ध हुनेछन् । मानसिक तनावको सिर्जना हुनेछ । बुधबारपछि समय मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यावसायिक यात्राको सम्भावना छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ । तर आगामी शनिवारका दिन आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउनसक्छ । यात्रा घातक बन्न सक्छ, धेरै टाढा नजानु होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

साताको प्रारम्भमा घरपरिवारमा समय दिनु राम्रो हुन्छ । प्रारम्भमा नै परिवारजनमा असमझदारी बढ्नेछ, मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन् । जग्गाजमिन वा घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । महत्वाकाङ्क्षी योजनामा हात हाल्नु राम्रो हुँदैन । कृषि–चौपायाबाट हानि पुग्नसक्छ । साताको मध्यभाग राम्रो छ । कुनै विशेष खुशीको समाचार सुन्न पाइएला । बौद्धिक क्षमताको प्रस्फुटन हुनाले सृजनात्मक सफलता मिल्नेछ । शनिवारका दिन हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा समय बित्नेछ । समग्रमा मिश्रित प्रभाव हुने समय छ, घरपरिवारका सदस्य र साथीभाइसँग मतभिन्नता भएपनि अन्त्यमा उनीहरू सकारात्मक देखिने छन् । जीवनसाथी वा आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । खासगरी बिहीवार र शुक्रवार काममा अधिकार प्राप्तिका लागि तर्क, बहस र छलफलमा दिन बिताउनु पर्नेछ । प्रतिस्पर्धी र शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती र अपठ्याराको सामना गर्नुपर्छ । प्रयत्न गर्दा समेत परिस्थिति आफ्नो पक्षमा आउने छैन ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

यो साता विशेष महत्वको समय हुनेछ । यो साता सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट यश प्राप्त हुनेछ । बोलीको प्रभाव रहनाले काम बन्नेछ । सन्तति पक्ष र भाइबहिनीले खुसीको वातावरण सिर्जना गर्नेछन् । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । बौद्धिक र सृजनात्मक सफलता मिल्नेछ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । सोमबार र मङ्गलवार परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । यस अवधिमा मनमा अस्थिरता र दोधारेपन देखिन सक्छ, निर्णायक क्षमतामा कमी आउने छ । उता शनिवारका दिन पनि राम्रो छैन, सहयोगी हातहरू पछि हट्न सक्छन् । मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । अनावश्यक र दिक्कलाग्दो यात्रा हुन सक्छ । भोगविलासमा मन जानेछ । स्वास्थ्यका दृष्टिकोणले कमजोर समय छ, खानपानमा सचेतता अपनाउनु राम्रो हुन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

यो साता मनमा बसाइ सर्ने, सरुवा हुने वा व्यवसाय वा पेसामा परिवर्तनको धारणा उत्पन्न हुन सक्छ । नयाँ काममा हात हाल्ने समय भएकाले आफ्ना विचारलाई कार्यान्वयन गर्दा राम्रो हुन्छ । धन लगानी गर्ने अवसर पाउनुहुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । शुभ कुराको सङ्केत मिल्नेछ । कुनै देवालय, मठमन्दिर वा सार्वजनिक प्रतिष्ठानको दर्शन, भ्रमण वा अवलोकन हुनेछ । मित्रवर्ग र बन्धुवान्धवबाट राम्रो सहयोगको अपेक्षा गर्न सकिन्छ । बुधबारका दिन आमा वा घरकी बृद्ध स्त्रीको स्वास्थ्यमा समस्या देखिन सक्छ, खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ । चिताएको काममा अप्ठ्यारा र चुनौतीको सामना गर्नुपर्छ । धैर्यले काम लिने समय छ । साताको अन्त्यमा सन्ततिपक्षबाट खुसीको समाचार प्राप्त हुने छ । आफन्तले प्रशंसा गर्नेछन् । मन प्रफुल्ल र उत्साही बन्ने छ । घरपरिवारमा रमाइलो जमघट हुने छ । गर्न लागेको काममा सबैले साथ दिनेछन् ।

(सहप्राध्यापक कृष्णप्रसाद कोइरालाले लेख्नुभएको राशिफल ज्योतिष साथीबाट लिएका हौं ।)