काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नेकपा एमाले सचिव रघुवीर महासेठको नेतृत्वमा सहभागी हुने भएको छ ।
मन्त्रालय भागवण्डा टुंगो लगाउन बसेको सत्ता गठबन्धनको कार्यदलको बैठकले केही मन्त्रालय टुंगो लगाएको हाे । एमाले उपाध्यक्ष विष्णु पौडेलका अनुसार महासेठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री बन्नेछन् ।
त्यस्तै माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री र वर्षमान पुन अर्थमन्त्री बन्नेछन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृह मन्त्रालय पाउने एमाले उपाध्यक्ष पौडेलले बताए ।
नयाँ गठमन्धन सरकारमा एमालेलाई ८, माओवादीलाई ५, रास्वपालाई ४ र जसपालाई २ मन्त्रालय राख्ने र बाँकी मन्त्रालय नेकपा एसलगायतलाइ दिइने प्रारम्भिक सहमति भएको छ ।